अर्थ

सुनको मूल्य एकैदिन ८ हजार ३ सय रुपैयाँले घट्यो, प्रतितोला २ लाख ७२ हजार

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । आइतबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शनिबार प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । नेपाली बजारमा सुनको मूल्य यसअघि निरन्तर बढ्दै गत वर्षको माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।

उक्त मूल्य हालसम्मकै उच्च हो । त्यसपछि घटबढ हुँदै आएको सुनको मूल्य पछिल्लो समय पुनः घट्ने क्रममा रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १७५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.