अर्थ

सात सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

आज स्थानीय बजारमा सुनको मूल्य बढ्द चाँदीको मूल्य भने घटेको छ । आज सुन प्रतितोला रु ७०० ले बढ्दा चाँदीको मूल्य भने रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य रु तीन हजार ७२० कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.