जापान
चन्द्रमामा आफ्नै भाषामा बोल्न चाहन्छिन् जापानकी नयाँ महिला अन्तरिक्षयात्री
सन् १९६९ मा निल आर्मस्ट्रङले पहिलोपटक चन्द्रमामा पाइला टेकेयता चन्द्रमाको सतहबाट प्रसारण गरिएका सबै शब्द अंग्रेजी भाषामै बोलिएका छन्।
तर जापानकी अन्तरिक्ष एजेन्सीकी सबैभन्दा कम उमेरकी अन्तरिक्षयात्री ३१ वर्षीया आयु योनेदा भने भविष्यमा यो परम्परा बदलिएको देख्न चाहन्छिन्।
“यदि मैले चन्द्रमामा जाने अवसर पाएँ भने आफ्ना विचार जापानी भाषामै व्यक्त गर्न चाहन्छु,” उनले द जापान टाइम्ससँगको अन्तर्वार्तामा भनिन्।
“मलाई लाग्छ, अहिलेसम्म चन्द्रमामा बोलिएको एक मात्र भाषा अंग्रेजी हो। तर म जापानी भाषामा पनि बोल्न चाहन्छु—ताकि आफ्नै देशका मानिसहरूसँग मात्र होइन, संसारभर जापानी भाषा बोल्ने वा सिकिरहेका मानिसहरूसँग पनि जोडिन सकूँ।”
(समाचार र तस्वीर स्रोत : द जापान टाइम्स)




प्रतिक्रिया राख्नुहोस्