सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम यही कात्तिक १८ गतेदेखि लागू हुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
आईजीपी कार्कीलाई पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उहाँलाई पदबाट हटाएको हो ।




प्रतिक्रिया राख्नुहोस्