राजनीति

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार यहाँ आइपुग्नु भएको थियो । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गर्नुभएको थियो ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.