क्रिकेटखेल

एनपिएलमा लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो । लुम्बिनीको लागि कप्तान रोहितकुमार पौडेलले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए भने निरोशन डिकवालाले २७ रन जोडे ।

त्यस्तै दिलिप नाथले २५ रन जोड्दा आसिफ शेखले २१, रुबेन ट्रमपलम्यानले १५, शमिम हुसेनले १३ र सन्दीप जोराले ९ रन बनाए । जनकपुरको लागि बिशाल सुस्लिङ्ग र राहुल यादवले समान दुई-दुई विकेट लिए भने ललितनारायण राजवंशी, अभिषेक तिवारी र हर्मीत सिंहको भागमा समान एक-एक विकेट रह्यो । लुम्बिनीले दिएको १५० रन्को लक्ष्य लिएर मैदान उत्रेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनायो ।

जनकपुरको लागि हर्मीत सिंहले ३३ रन बनाए भने आदित्य महता ३० रनमा अविजित रहे । यस्तै सैफ हसनले २८ रन जोड्दा तृत राज दासले १८ रन बनाए । लुम्बिनीको लागि डार्सी सर्टले तीन विकेट लिए भने तिलक भण्डारी र शेर मल्लले समान दुई-दुई विकेट लिँदा रुबेन ट्रमपलम्यानको भगमा समान एक-एक विकेट रह्यो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको प्रतियोगितामा अपराजित लुम्बिनी चार खेलमा सात अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अङ्क बाँडेको थियो । यस्तै तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको थियो ।

यता पहिलो संस्करणको विजेता जनकपुर पाँच खेलबाट दुई खेलमा जित तथा तीन खेलमा हार सहित जनपुरले ४ अङ्क जोेडेको जनकपुर अङ्क तालिकाको चौथो स्थानमा रहेको छ ।

जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले र पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दा कर्णाली याक्ससँग १९ तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.