ममदानीको विजयसंगै न्यूयोर्कमा आइसको गतिविधि बढ्यो : नेपाली समुदायमा त्रास
सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेजसंग ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’मा ‘लञ्च’
अमेरिकाको आर्थिक राजधानी न्यूयोर्क सिटीको मेयरमा ३४ वर्षीय भारतीय मूलका मुस्लिम युवा जोहरान ममदानी विजयी भएपछि अमेरिकामा मात्र होइन विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
ममरानीको विजय यस्तो समयमा भयो, जतिबेला विश्वभर जेनजी आन्दोलन मच्चिइरहेको छ भने अमेरिकामा ट्रम्प प्रशासनको शैलीप्रति जनता सडकमा उत्रिरहेका छन् ।
प्रसिद्ध चलचित्र निर्देशक मिरा नायरका छोरा ममदानी पेशाले र्यापर हुन्, नौ महिनाअघि एकल रुपमा अभियान छेडेर अप्रत्यासित रुपमा विजयी हुनु ट्रम्प प्रशासनको आप्रवासी नीतिबिरुद्ध अमेरिकी जनता रहेको सन्देश पनि दिख्एको छ ।
ममदानी मेयरमा निर्वाचित भएपछि बुधबार सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेजसंग ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा ‘लञ्च’ का लागि पुग्नुभयो ।
ममदानीले मःमः लगायतका नेपाली परिकार खाएर बैठक गरेको तस्वीर आफ्नो एक्स अकाउन्टमा साझा गर्नुभएको छ । अर्कोतिर ममदानीको विजयसंगै क्वीन्सका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ ।
सामाजिक सञ्जालका विभिन्न च्यानलहरुमा नेपालीमाझ त्यस्ता सन्देशहरु प्रवाह भइरहेका छन् । आइस आफैले भने क्वीन्समा गतिविधि बढाएकोबारे कुनै सार्वजनिक पुष्टि गरेको छैन ।
ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजा क्षेत्रमा आइस अधिकारीहरु देखिएको बताइए पनि त्यहाँ व्यवसाय गरिरहेका एक नेपालीले भने आफू विहानैदेखि उक्त क्षेत्रमा भए पनि आइसको गतिविधि नदेखेको बताएका छन् ।
हालै न्युयोर्क सिटीको चाइनाटाउनमा भएको आइसको कारवाहीपछि यो त्रास र आशंका अझै बढेको छ । जसले सामाजिक सञ्जालमा चिन्ताका सन्देशहरू देखिएका हुन् । न्युयोर्कका एकजना नेपाली व्यवसायीले पनि आइसको गतिविधि बढ्नसक्नेबारे चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाको अध्यागमन अदालतबाट देश निकालाको आदेश पाएकामध्ये झण्डै ४० प्रतिशत नेपालीहरु न्युयोर्कका बासिन्दाहरु रहेका छन् ।
राष्ट्रिय राजनीतिको तनाव, मामदानीको नीति र नेपाली डायस्पोराको स्थानीय अवस्थासँग जोडिएको छ । आफ्नो चुनावी अभियानका क्रममा माम्दानीले संघीय अध्यागमन कानुन कार्यान्वयनको कडा निन्दा गर्दै शहरको आप्रवासी समुदायलाई आइसको छापाबाट बचाउने र न्यूयोर्कको आश्रय शहरको स्थिति कायम राख्ने वाचा गर्नुभएको थियो ।
मामदानीले आफूलाई आप्रवासी अधिकारका एक दृढ रक्षकको रूपमा प्रस्तुत गर्दै देशभरि आइसले मानिसहरूलाई गरेको व्यवहार देखेका न्यूयोर्कवासीहरू डरमा बाँचिरहेका तथा प्रायः आफ्नो घरबाट बाहिर निस्कन पनि डराउने उल्लेख गर्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्