राजनीति

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीसंग भेटवार्ता, जलेको घरको अवलोकन

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । मन्त्री अर्याल बिहिबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल भंगाल पुग्नुभएको हो ।

भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन लगायतबारे छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसै गरी गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन गर्नुभएको छ ।पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो ।

यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गर्नुभएको थियो । त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.