छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
सिन्धुपाल्चोक, रुपन्देही, बर्दिया र बझाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ झ्याडीस्थित सडकमा बा.प्र.०२-०२१ प ४८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईन्द्रावती गाउँपालिका-९ बस्ने ३७ वर्षीय खिल बहादुर कुँवरको मृत्यु भएको छ ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगल काठमाडौंमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ डाँडागाउँस्थित सडकमा म. प्र.०३-००१ ख ९०२९ नम्बरको बसको ठक्करबाट सहचालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै बर्दियाको गेरूवा गाउँपालिका-२ पाताभारस्थित सडकमा अनटेष्ट लेखिएको धान काट्ने कम्पाईनको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय तारा सिंह हमालको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य चौकी राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । कम्पाईन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बझाङ, थलारा गाउँपालिका-२ काँडास्थित सडकमा सु.प.प्र.०१-००२ त ५७२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बस्ने ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ । यसैगरी रूपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा लु. ३२ प १९४६ नम्बरको मोटरसाइकललाई लु.१ ज ३८८३ नम्बरको बलेरो पिकअपले ठक्कर दिई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका-३ गुण्डा बस्ने २७ वर्षीय आकाश थारूको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्