एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी)अन्तर्गत १९ वर्षमुनिको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो ।
नेपालका लागि दर्श सोनारले ९३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाएभने आशिष लुहारले ४५ बलमा २९ र निरजकुमार यादवले२० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ भारतका लागि इशान सूद र अर्जुन राजपुतले समान तीन-तीन विकेट लिएभनेशवीर गौडले दुई विकेट लिँदा मनाल चौहान र काव्या परेश पटेलको भगमा समान एक-एक विकेट रह्यो । नेपालले दिएको १२९ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले १९ दश्मलाए १ ओभर विकेट नगुमाई पूरा गर्यो ।
भारतको लागि आर्यवीर सेहवागले ५२ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० र लक्ष्य राइचन्दनीले ६३ बलमा ७ चौकाको मद्दतमा अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले । अब नेपालले दोस्रो खेल आइतबार यूएईसँग खेल्नेछ भने अन्तिम खेल पाकिस्तानसँग आगामी मंगलबार खेल्नेछ ।




प्रतिक्रिया राख्नुहोस्