राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्स सामू जितको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो ।
सुदुरपश्चिमको लागि सैफ जैबले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए भने बिनोद भण्डारीले २२ बलमा सामना २ चौका र २ छक्कासहित २७ रन जोडे । यस्तै ब्रान्डन म्याकमलेनले २५ रन जोड्दा इशान पाण्डेले २३ तथा थारिन्दु रत्ननायक २३ र स्कट कुग्गेलिजन १३ रनमा अविजित रहे।
कर्णालीको लागि मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ र हुसेन तलतको भागमा समान एक-एक विकेट रह्यो ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली तीन खेलमा चार अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । आज सुदूरपश्चिमलाई हराउँदै कर्णाली दोस्रो स्थानमा उक्लिने योजनामा छ । यता सुदूरपश्चिम पनि कर्णालीलाई पराजित गर्ने सुरमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्