राजनीति

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी हुनुभएको छ ।

जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उहाँले शेर्पा समुदायको परम्परागत पोशाक रोज्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शेर्पा समुदायको पहिरनमा सम्मेलनमा सहभागी हुनुले नेपालको हिमाली पहिचानलाई अन्तरराष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै हालैको भोटेकोशी विपद् र नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्री चौधरी कोप–३१ सम्मेलनमा सहभागी हुन बुधबार अन्ताल्या पुग्नुभएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.