जन सरोकार

गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको भन्दै कार्कीद्वारा सर्वोच्चमा रिट पेस

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ ।

रिट निवेदन बिहीबार पेस भएको भए पनि अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सरकारले बुधबार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गर्नुभएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.