संस्कृति

पूजाआजाका सामग्री शुद्ध हुनुपर्नेमा जोड

धार्मिक एवं सांस्कृतिक कर्ममा प्रयोग गरिने पूजा सामग्री शुद्ध हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

गुरु मञ्जरी अष्ट्रेलियाले बुधबार राजधानीमा आयोजना गरेको शुद्ध पूजा सामग्री उत्पादनका लागि गुरु पुरोहितसँगको अन्तरक्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले कर्मबाट फल प्राप्त गर्न सामग्री शुद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि आवश्यक सबै सामग्री नेपालमै उत्पादन गर्ने गरी गुरु पुरोहितलाई प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै, गुरु पुरोहितको आचरण, व्यवहार पनि शुद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले यज्ञकाकर्ताले ‘कतृत्व’ प्राप्तिका लागि दैनिक सन्ध्यावन्दन जस्ता नित्य कर्म गरेको हुनुपर्ने शास्त्रीय वचन रहेको बताउनुभयो । नेपालमा कर्मकाण्डको विधान उत्कृष्ट रहेकाले शुद्ध सामग्रीको प्रयोगका लागि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री डा कान्ता भट्टराईले पूजा सामग्री पञ्चपल्लमध्येमा पाखर र डुम्री दुर्लभ भएको उल्लेख गर्नुहँदै अरू चीज राखेर पञ्चपल्लव भनी बिक्री गर्ने काम गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा गौव्रती योगी सोमराजले स्थानीय जातका गाई नभई कुनै पनि यज्ञयागादि कर्म गर्न नसकिने बताउनुभयो । यज्ञका लागि हव्य र कव्य दिने स्थानीय जातका गाई ल्याइनुपर्ने उहाँको भनाइ थियो ।

गुरु मन्जरीका सञ्चालक प्रकाश ढोडारीले पूजा सामग्रीको शुद्धताका लागि विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.