जन सरोकार
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
झापाकोबाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो ।
यो घटना गएरातिको हो । (रासस)




प्रतिक्रिया राख्नुहोस्