अर्थ

तीन हजार तीन सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । बिहीबार पनि सुन प्रतितोला रु तीन हजार ३०० ले घट्दा चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.