राजनीति

प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने गरी तोक्नु भएको छ ।

बिराजभक्त श्रेष्ठ

प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा रहनुभएकाले मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणका लागि आज भारत पुग्नुभएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.