प्रदेशमधेश

मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पदभार गर्ने क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो ।

प्रस्तावित कार्यक्रमअन्तर्गत पुन:सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको निर्णयमा उल्लेख छ ।

त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि कृत्रिम बुद्धिमत्ता (एआई), इ-कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत युवाको क्षमता तथा उद्यमशीलता विकास गर्ने लक्ष्यसहित प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी प्रस्ताव गरिएको निर्णयमा उल्लेख छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.