राजनीति

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराउनुभएको छ ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले उक्त योजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा यसको महत्त्वबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभएको हो ।

भारतको उक्त गुरुयोजना सडक, रेलमार्ग, जलमार्ग, विमानस्थल तथा अन्य यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गरी वस्तु तथा यात्रुको आवागमन सहज बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले सन् २०२१ मा सुरु गर्नुभएको हो ।

यसले विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.