अर्थसेयर बजार

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव २६ अङ्कले बढेर दुई हजार ६२३ दशमलव ५६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५१ अङ्कले बढेर ४७८ दशमलव ५२ मा पुगेको छ ।  त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले बढेर १८२ दशमलव  ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४१ अङ्कले बढेर १६२  दशमलव ४२ मा पुगेको छ ।

सोमबार विभिन्न कम्पनीका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर रु तीन अर्ब ८२ करोड ७६ लाख छ हजार ५९० मूल्यमा खरिद बिक्री भएको छ । विभिन्न १३ उपसमूहमध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । सोमबार १०५ कम्पनीको सेयर बढेको छ भने १६५ कम्पनीको सेयर घट्यो । त्यस्तै १० कम्पनीको सेयरस्थिर रहेको पाइएको छ ।

नेप्सेका अनुसार मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर तथा भिजन लुम्बिनी ऊर्जा कम्पनी, सिटिजन सुपर ३० म्युचुअल फण्ड र स्वस्तिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले आफनो लगानीको केही अँश गुमाए ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.