जन सरोकार

रथीमा पदोन्नति हुनुभएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति हुनुभएका अनुपजङग थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।

सोही अवसरमा उपरथीमा बढुवा हुनुभएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती हुनुभएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

यसैगरी महासेनानीमा पदोन्नती हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.