विश्व समाचार

रूसद्वारा नयाँ आणविक पनडुब्बी सार्वजनिक, १२ सय युक्रेनी ड्रोन खसालिएको दावी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नयाँ आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सार्वजनिक गर्दै रूसले सन् २०३० सम्म देशको आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सेवालाई थप पाँच वटा थप्नेछ बताएको छ । क्रेमलिनले सार्वजनिक गरेको भिडियोमार्फत् यो जानकारी गराइएको हो ।

उत्तरपश्चिमी शहर सेभेरोद्विन्स्कको सेभ्माश शिपयार्डमा राष्ट्रपति पुटिनले ‘पर्म’ पनडुब्बीको अनावरण गर्ने समारोहमा सरीक हुनुभएको थियो । अनावरणले नौसेनामा यसको औपचारिक हस्तान्तरणलाई सङ्केत गर्छ ।

उहाँले भन्नुभयो, “रूस यस्तो शक्तिशाली आणविक पनडुब्बी निर्माण गर्न सक्ने विश्वका थोरै देशहरूमध्ये एक हो । यी हतियारहरूको विश्वव्यापी पहुँच र महत्व छ।”

आणविक ऊर्जाबाट चल्ने पनडुब्बीहरू रुसको आणविक प्रतिरोध क्षमताको महत्वपूर्ण हिस्सा हुन् किनभने पानीमुनि गोप्य रूपमा सञ्चालन गर्न सक्ने क्षमताले आक्रमण भएमा शत्रुविरूद्ध जवाफी आक्रमण सुनिश्चित गर्छ ।

रूसी नेता पुटिनले भन्नुभयो, “नौसेनाले सन् २०३० सम्म थप पाँच वटा यस्ता े पनडुब्बीहरू प्राप्त गर्नेछ, जसमा तीन वटा यासेन–एम वर्गका हुनेछन्।

पर्म पनि यही वर्गको हो। यी पनडुब्बीहरू क्रुज मिसाइलहरूको भार बोकेर ‘विश्वका महासागरका कुनै पनि भाग’ मा चल्न सक्छन् ।”

यसबीच रूसी अधिकारीहरूले शुक्रबार राति मस्को क्षेत्रतर्फ लक्षित गरिएका आक्रमण प्रयासमा पठाइएका एक हजार २०० भन्दा युक्रेनी ड्रोन खसालिएको दाबी गरेका छन् ।

युक्रेनले पनि विभिन्न क्षेत्रमा सयौँ रूसी ड्रोन प्रहार भएको जनाएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

दुवै पक्षले पछिल्ला महिनाहरूमा हवाई आक्रमण बढाएका छन् । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन आएको राजधानीका मेयर सेर्गेई सोब्यानिनले राज्य–समर्थित म्याक्स प्लेटफर्ममा लेख्नुभएको छ । उहाँले थप्नुभयो, “मस्को सहर नजिक पुग्दा १२३ वटा ड्रोन नष्ट गरिएको थियो।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “हवाई रक्षा बलले मस्कोसहित एक दर्जनभन्दा बढी क्षेत्रमा एक हजार २४६ युक्रेनी मानवरहित हवाई यान रोकेर नष्ट गरेको छ ।”

रूसी राजधानी युक्रेनी सीमाको नजिकको भागबाट करिब ५०० किलोमिटर ९३१० माइल० टाढा छ । मन्त्रालयले उल्लेख गरेका भोल्गोग्राड र क्रास्नोदारसहित अन्य क्षेत्रहरू पनि युक्रेनबाट सयौँ किलोमिटर टाढा छन् ।

युक्रेनले पनि व्यापक नयाँ आक्रमणको रिपोर्ट गरेको छ । जापोरिज्झिया सैन्य प्रशासनका प्रमुख इभान फेदोरोभले शनिबार भन्नुभयो, “पछिल्लो २४ घण्टामा जापोरिज्झिया क्षेत्रमा ७०० भन्दा बढी रूसी ड्रोन प्रहार भएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।”

रूसी रक्षा मन्त्रालयले सैन्य–सम्बन्धित लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ । युद्धको पाँचौं वार्षिकोत्सव नजिकिँदै गर्दा आक्रमणहरू झन् बढ्दै गएका छन् । युद्ध अन्त्य गर्न अमेरिकी मध्यस्थता प्रयासहरू बन्दी आदानप्रदानबाहेक कुनै सहमतिमा पुग्न सकेका छैनन् ।

(समाचार रासस/एएफपी, तस्वीर एसबीएस न्यूज न्यूज )

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.