स्वास्थ्य

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो ।

आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा मोतियाबिन्दु देखिएका बिरामीको सोही दिन निःशुल्क शल्यक्रिया गरिएको शिविरका संयोजक अजित भुजेलले जानकारी दिनुभयो ।

छपकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

संयोजक भुजेलले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमलगायत सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको बताउनुभयो ।

सम्बन्धित सङ्घसंस्था तथा सरोकारवालासँग सहकार्य गरी स्थानीय समुदायको स्वास्थ्य, सामाजिक एकता, सरसफाइ र जनचेतनाका क्षेत्रमा योगदान पुर्याउनु समाजको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.