जन सरोकार

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा यही मङ्सिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाका सम्बन्धमा छलफल हुने प्रहरीले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवं कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका प्रतिनिधिसँग अन्तरराष्ट्रिय प्रहरी समन्वय अभिवृद्धिका सम्बन्धमा द्विपक्षीय छलफल गर्नेछ ।

शाह नेतृत्वको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा सहभागी हुनुहुन्छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.