जन सरोकार

लागु औषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित छ, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका–१० लभडाँडाबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.