आम निर्वाचन २०७९

दोलखामा एमाले र माओवादीबीच पालैपालो अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । सो क्षेत्रमा कहिले गठबन्धनबाट माओवादी उम्मेदवारको अग्रता त कहिले एमालेको अग्रता बनिरहेको छ ।

हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । उहाँले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.