जन सरोकार

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।

उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । मृतक महिलामा नयाँ भेरियन्टको संक्रमण हो कि पुरानै भन्ने खुलेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.