राजनीति

प्रधानमन्त्रीद्वारा नेता यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड

केही सातायता बिरामी पर्नुभएका नेता यादवसँग भेट गरी प्रधानमन्त्रीले उहाँको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको हो । भेटमा उहाँले मध्यपुरठिमी चारदोबाटोस्थित सुन्दरबस्तीमा बस्दै आउनुभएका नेता यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री दाहालले सुन्दरबस्तीका बासिन्दा र कार्यकर्तासँग भेट गरी यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । मध्यपुरठिमी नगरपालिकाका उपप्रमुख एवं माओवादी केन्द्रका मध्यपुरठिमी नगर कमिटीका अध्यक्ष विजयकृष्ण श्रेष्ठको समन्वयमा स्थानीयवासी एवं कार्यकर्तासँग वर्तमान राजनीतिक अवस्था र यहाँको विकासबारे छलफल गर्नुभएको हो ।

नगरपालिकाका उपप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीसँग यहाँका बासिन्दाले स्थानीय अवस्थाबारे छलफल भयो, प्रधानमन्त्रीले देशको समग्र राजनीतिक विषयका बारेमा जानकारी गराउँदै मध्यपुरठिमीको विकासमा चासो लिनुभयो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.