राजनीति

रास्वपा–बालेन सहमतिपछि रवि र बालेनले दिनुभयो यस्तो प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आज बिहान मात्र सहमति भएको हो । सहमति अनुसार रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने विषय उल्लेख छ ।

सहमतिपछि रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत सहमति भनेको नेताले खोजेको जस्तो नभई, देशलाई चाहिएको जस्तो हुनु पर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’ त्यस्तै मेयर बालेनले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै सामाजिक सञ्जालमार्फत ‘शुभप्रभात’ लेख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.