जन सरोकार
दुई हजार आठ सय ९२ जना संक्रमित, ४१ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जनाले ज्यान गुमाएका छन् । यसै अवधिमा ३ हजार ५ सय ९७ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अनुसार ७हजार १ सय ८९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ८९ जना र ४ हजार ८ सय ४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जनामा गरी सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५ सय ९७ छ । नेपालमा अहिले ३३ हजार ५६१ जना सङ्क्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १ सय १२ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया राख्नुहोस्