जन सरोकार

सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।

मैनालीले काठमाडौँ गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटकपटक गरी रु छ लाख ५० हजार ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपित मैनालीलाई काठमाडौँस्थित बबरमहलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाप्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगार विभागको पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा करबाहीको लागि आजै वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.