राजनीति

बालेन किन बिच्किरहेछन् नेताहरुसंग ?

काठमाडौंका युवाहरुमा मात्र होइन देशभर नै नयाँ जोश, आशा र भरोसाा दिलाउन सफल भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आजभोलि नेताहरुप्रति अत्यन्त रुष्ट र आक्रामक हुन थालेका छन् ।

आफ्नो अभियानमा सिंहदरबारले साथ नदिएको, अवैध गतिविधिलाई संरक्षण गरेको आरोप लगाउँदै बालेनले सिंहदरबार, राष्ट्रपति निवासको फोहर समेत नउठाएर टक्कर लिएका थिए ।

सर्वोच्च अदालतको आदेशपछि फोहर उठाउने निर्णय गर्दै अदालतको सम्मान महानगरले गर्छ तर, दशकौं अघि सरकारलाई दिएको आदेश सिंहदरबारले मान्नुपर्छ कि पर्दैन । सिंहदरबाले अदालतको सम्मान गरेको छ कि छैन ? महानगरले मात्र सम्मान गर्नुपर्ने हो भन्दै प्रश्न उठाए ।

बालेनले आजदेखि सिंहदरबारको फोहर महानगरले उठाउँदैन र मुलुक सफा गर्ने हो भने सिंहदरबारमा बस्नेहरुलाई नै सिसडोलमा डम्प गर्नुपर्छ भनेर सामाजिक सञ्जालबाट आक्रोश पोखे ।

संघीय सरकारमा बसेका र ठूला भनिएका दलका नेताहरुप्रति लगातार आक्रामक अभिव्यक्ति दिइरहेका बालेनले मंगलबार राति झनै कडा अभिव्यक्ति दिंदै कुनै पनि नेतालाई देशको माया नभएको बताए ।

मंगलबार राति ९ बजेर ४१ मिनेटको समयमा बालेनले आफ्नो फेसबुकमा लेखिदिए- “नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.