जन सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०८० बैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२१ सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.