क्रिकेटखेल

रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सको पहिलो जित, चितवन राइनोज ३३ रनले पराजित

कप्तान रोहित कुमार पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ ।

रोहितले अलारउण्ड प्रदर्शन गरेपछि मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।

लुम्बिनीको लागि कप्तान रोहित पौडेलले ५७ बलमा पाँच छक्का र छ चौकाको मद्दतमा ८० रनको अर्धष्टकीया पारी खेले भने शाद विन जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ्ग्स खेले । त्यस्तै ओपनर अर्जुन साउदले १५ रन जोड्दा टोम मूरेसले १० रन बनाए ।

चितवनका लागि रिजन ढकालले तीन विकेट लिए भने कुशल मल्ल र रञ्जित कुमारको भागमा समान एक-एक विकेट रह्यो । लुम्बिनीले दिएको एक सय ६८ रन्को लक्ष्य लिएर मैदान उत्रेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमात्र बनायो ।

चितवनको लागि लुक बेन्केनस्टाइनले २९ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३१ रन बनाए भने कप्तान कुशल मल्ले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन बनाए ।

यस्तै नर सार्की २२ रन र रिजन ढकाल १५ रनमा अविजित रहँदा रवि बोपराले १२ र सन्तोष कार्कीले १० रन बनाए । लुम्बिनीको लागि कप्तान रोहित कुमार पौडेलले चार ओभरमा १७ रन खर्चेर चार विकेट लिए भने रामोन सिमोन्ड्सले दुई विकेट लिँदा शाद विन जफर र अभिषेश गौतमको भागमा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ दि म्याच लुम्बिनीका कप्तान रोहित कुमार पौडेल भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.