अर्थसेयर बजार

नेप्से परिसूचक नौ दशमलव ०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ ।

विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ दशमलव ६१ मा कारोबार भएको छ ।

बिहीबार उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ ।

साथै पियोर इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको छ दशमलव ७८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९९ प्रतिशतले बढेको छ । साथै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९० प्रतिशत, रिभल फल्स पावर लिमिटेडको छ दशमलव ९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ ।

बिहीबारको कारोबारपछि बजार पुँजिकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख ९५ हजार २०८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.