जन सरोकार

आफ्नै पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ

पाँचथरको फिदिम नगरपालिका ४ का एक पुरुषलाई आफ्नै पत्नीको बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पतिले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ परेका २७ वर्षीय पुरुषले मदिरा सेवन गरेर आफूलाई दैनिकजसो कुटपिट गर्ने, मानसिक यातना दिने र जबरजस्ती करणी गरेको जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको जनाएको छ ।

करिब तीन वर्षकी छोरीसहित फिदिम ४ मा बस्दै आएका ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जनाकारी दिनुभयो ।

उहाँका अनुसार पीडितले दिएको श्रीमान‍्ले मादक पदार्थ सेवन गरी पटकपटक कुटपिट गर्ने, मानसिक यातना दिने र मञ्जुरीबिना जबरजस्ती करणी गरेको उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.