कर्पोरेट/पर्यटन

हिमाल आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन

हिमाल आरोहणको यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण भएको थियो । यसबाट कुल रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

यस याममा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ ।

विश्वको सवोच्च शिखर सगरमाथा आरोहणबाट गत याममा ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व सङ्कलन भएको छ । सगरमाथाको ३०२ पुरुष र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए ।

त्यस्तै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमाल आरोहणबाट रु एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ । गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् ।

सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट रु एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ ।

नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।

नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठवटा नेपालमा छन् । हिमालका चुचुरा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् ।

यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमाल अहिले हिमरेखा सर्दै जाने क्रम बढेसँगै हिमलहरू नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.