राजनीति

पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताउनुभएको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा संसदीय दलको नेता चयनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले सांसद भीष्मराज आङ्देम्बे पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएको पनि बताउनुभयो ।

संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भनाइ थियो ।

“संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.