विश्व समाचार

सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो विमान दुर्घटना हुँदा यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् । अस्थिरता, द्वन्द्व र गरिबीसँग जुधिरहेको दक्षिण सुडानमा भरपर्दो यातायात पूर्वाधारको पनि अभाव छ । अत्यधिक भारवहन क्षमताभन्दा बढी तौल र खराब मौसमका कारण बारम्बार विमान दुर्घटनाहरू हुने गरेको पाइन्छ ।

दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमान राजधानीस्थित जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र राजधानीबाट करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।”

विमान ग्रिनविच समय (जिएमटी)अनुसार ७ः १५ बजे राजधानीबाट उडान भरेको केही बेरमा नै दुर्घटनाग्रस्त भएको थियो । यसले प्रारम्भिक रिपोर्ट अनुसार ‘अत्यधिक कम दृश्यता बताइएको प्रतिकूल मौसमका कारण दुर्घटना भएको हो ।

“विमान दुर्घटनापछि उद्धारका लागि स्थानीयसहितको सुरक्षा टोली घटनास्थलमा पुग्दा विमानमा सवार सबैजना मृतकको शरीर जलेर पहिचान गर्न कठिन अवस्थामा भेटिएको थियो,” नाम नबताउने सर्तमा घटनास्थलमा उद्धारका लागि खटिएका संयुक्त राष्ट्रसङ्घको उद्धार टोलीका एक सदस्यले बताउनुभयो ।

सन् २०२५ को जनवरीमा उत्तरी दक्षिण सुडानमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । सन् २०२१ मा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का लागि इन्धन बोकेको एउटा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

सन् २०१५ मा सोभियत सङ्घकालिन एन्टोनोभ विमान जुबामा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा एक विमान धावनमार्गबाट चिप्लिएर बाहिर जाँदा भएको अर्को एक दुर्घटनामा विमान दुर्घटना भएको तर विमानमा सवार सबै ३७ जना चमत्कारी रूपमा सकुशल बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.