बिशेषराजनीति

जलेका गाडीका नाममा इन्धन दुरुपयोग, तत्काल कारवाही गर्न मन्त्री मेहताको निर्देशन

गत भदौ २४ गते जेजनी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षति भएका स्वास्थ्य मन्त्रालयभित्रका सवारीसाधनको नाममा पनि इन्धन कुपन बनाएर कर्मचारीले दुरुपयोग गरेको पाइएको छ ।

जलेका गाडीहरूको विवरण प्रयोग गरी इन्धन सुविधा लिइरहेको तथ्य फेला परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले इन्धन दुरुपयोग गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ।

मन्त्री मेहताले मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई यस विषयमा तत्काल गहिरो छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ।

अध्ययनका क्रममा आन्दोलनमा जलेर पूर्ण रूपमा काम नलाग्ने भएका सवारी साधनका नाममा कर्मचारीले नियमित इन्धन बुझ्ने गरेको पाइएको। आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मातहतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए।

पूर्ण रूपमा नष्ट भइसकेका गाडीको नाममा इन्धन सुविधा लिनु राज्यकोषको गम्भीर दुरुपयोग हो भन्दै मन्त्री मेहताले यसलाई भ्रष्टाचारको संज्ञा दिनुभएको छ।

लामो समयदेखि थन्किएका ती गाडीहरूको कुपन र बिल कसरी पास भइरहेको थियो भन्नेबारे छानबिन समिति गठन गर्ने तयारी समेत गरिएको र दोषी देखिएका जोसुकै कर्मचारीलाई विभागीय कारबाही र रकम असुलउपर गर्न निर्देशन दिइएको समाचारमा उल्लेेख छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.