राजनीति
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ ।





प्रतिक्रिया राख्नुहोस्