जल/वातावरण

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.