मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सांसद राईको आक्रोश
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले गरेको खानतलासीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेला बिहीबार राति करिब १० बजे मन्त्री क्वाटरमा प्रहरीले विनाकारण खानतलासी गरेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्री पराजुली घरमा नभएको अवस्थामा राति क्वाटरमा प्रहरीले खानतलासी गरेको छ। प्रहरीले किन यस्तो गरेको हो रु सरकारबाट म यसको जवाफ चाहन्छु ।”
त्यसैगरी अर्का सांसद राईले जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित एक बैंकमा धितो राखिएको १८ तोला सुन चोरी भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनाले उपभोक्ता मारमा परेको भन्दै छानबिन र समाधानको माग गर्नुभयो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा गम्भीर प्रकृतिका विषय मात्र उठाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया राख्नुहोस्