विश्व समाचार

इरानसंग वार्ता गर्न अमेरिकी विशेष दूत विटकफ स्विट्जरल्याण्ड प्रस्थान

संयुक्त राज्य अमेरिकाका विशेष दूत स्टिभ विटकफ अमेरिका–इरानबीच स्थगित भएको वार्तालाई पुनः अघि बढाउने प्रयासस्वरूप स्विट्जरल्याण्ड प्रस्थान गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन्।

अमेरिकी समाचार संस्था एक्सियोसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विटकफ शुक्रबार स्विट्जरल्याण्डतर्फ प्रस्थान गर्नुभएको जनाएको छ।

अमेरिका र इरानबीच तय गरिएको वार्ता स्थगित भएपछि त्यसलाई पुनः सक्रिय बनाउने कूटनीतिक पहलस्वरूप उहाँको भ्रमण हुन लागेको बताइएको छ।

सिएनएनका अनुसार अमेरिका र इरानबीच प्रारम्भिक शान्ति समझदारीलाई पुनः सही दिशामा अघि बढाउने उद्देश्यका साथ प्राविधिक तहका वार्ताहरू पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

यसैबीच, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा पूर्व वरिष्ठ सल्लाहकार जेरेड कुशनर पनि स्विट्जरल्याण्डमा हुने छलफलमा सहभागी हुन सक्ने अपेक्षा गरिएको छ। एक्सियोसले भने उहाँ पहिले नै त्यहाँ पुगिसक्नुभएको जनाएको छ।

विटकफले इरानी अधिकारीहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने वा नगर्ने विषयमा भने तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्याण्ड भ्रमण पनि यसअघि तय गरिएको भए पनि पछि स्थगित गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबारका लागि तय गरिएको अमेरिका–इरान वार्ताको उद्देश्य मध्यपूर्वमा जारी तनाव र द्वन्द्व अन्त्य गर्दै दीर्घकालीन समाधानको आधार तयार गर्नु रहेको बताइएको थियो। यद्यपि वार्ताको नयाँ मिति भने अझै सार्वजनिक गरिएको छैन।

मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिका र इरानबीचको संवाद पुनः सुरु गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.