रास्वपा महाधिवेशनमा शुभकामना दिन कांग्रेस सभापति थापा चितवनमा
मुलुकको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेस सभापति गगन थापा चितवन पुग्नुभएको छ ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीबाट मूल नेतृत्व नगए पनि कांग्रेस सभापति थापा उपस्थित हुनुभएको छ । यसअघि आइतबार विहान थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै महाधिवेशनको शुभकामना दिनुभएको थियो ।
रास्वपा सभापति रवि लामिछाने र थापाबीचको सम्बन्ध तिक्ततापूर्ण रहेको चर्चाकाबीच महाधिवेशनमा थापाकको उपस्थितिले राजनीतिक अर्थ राख्नेछ ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिन चितवन पुग्नुभएको छ ।
अध्यक्ष लिङदेनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिने विषयलाई स्वाभाविक र सुखद् परम्परा भएको बताउँदै रास्वपाको यस अवसरमा आफ्नो उपस्थिति राजनीतिक संस्कार र जिम्मेवारीवोधको प्रतिक भएको समेत उल्लेख गर्नुभयो ।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसहित संसदमा प्रतिनिधित्व गरेका सबै दललाई आमन्त्रण गरिए पनि पार्टी नेतृत्वका रुपमा कांग्रेस सभापति थापा र राप्रपा अध्यक्ष लिङदेन मात्र सहभागी हुनुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्