खेलफूटबल

स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा निर्धारित समयमा दुवै टोलीबाट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको ११२औं मिनेटमा जुलियन अल्भारेलले र अतिरिक्त समयको इन्जुरी समयमा लौटारो मार्टीनेजले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

त्यसअघि खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डका लागि डान एनडोयेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यससँगै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आइतबारै बिहान भएको पहिलो खेलमा इङल्यान्डले नर्वेलाई २-१ ले पराजित गर्दै अन्तोम चारमा स्थान सुरक्षित गरिसकेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.