जन सरोकार

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

बरामद गरिएको भारतीय मुद्रा रु पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म जमुनाहले जनाएको छ ।

उहाँका अनुसार रिक्सामा सामान राखेर भारतबाट नेपाल ल्याउने क्रममा सामानभित्र सो रकम फेलापरेको तर कसको भनेर खुल्न नसकेको प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपानेले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नं ५ विन्ध्यावासिनी बाहिनीमा डिआइजी दीपक अधिकारीले कमाण्ड सम्हालेयता सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी अझ आक्रामक रूपमा परिचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल जमुनाहनाकालगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई तीव्रता दिइएको छ भने अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.