राजनीति

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय दललाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुमवासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसद्मा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा यही असार २५ र २६ को बैठकले सुकुमवासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो । त्यससम्बन्धी निर्णय आज सार्वजनिक गरिएको हो । उपसभापति शर्मा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ ।

प्रतिष्ठानले सुकुमवासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढङ्गले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनीतिक दलको अलग–अलग रूपमा साझा प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषय सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ । उक्त समस्या समाधानका लागि सरकार र दलहरूबीच साझा दृष्टिकोण तथा साझा कार्ययोजना जरुरी भएको निष्कर्ष निकालिएको छ ।

भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अन्तर पार्टी संवादको आवश्यकतालाई दृष्टिगत गरी प्रतिष्ठानका तर्फबाट ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.