जन सरोकार

बसको ठक्करपछि सुनकोशीमा खस्यो कार, तीन जना बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाटनजिक मध्यपहाडी लोकमार्गमा पार्किङ गरेर राखिएको कार यात्रुवाहक बसको ठक्करबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन्।

एआई सिर्जित नमूना तस्वीर

प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे काठमाडौंबाट ओखलढुंगाको सिस्नेरीतर्फ जाँदै गरेको यात्रुवाहक बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिएको थियो। ठक्करको प्रभावले कार सडकबाट तल सुनकोशी नदीमा खसेर बेपत्ता भएको हो।

स्थानीय गोलञ्जोर गाउँपालिका–२ का वडाध्यक्ष सोमप्रसाद बरालका अनुसार कारमा स्थानीय ठेकेदार दिलबहादुर तामाङ र गणेश थापा सवार थिए।

घटनास्थलका आधारमा कारमा अर्का एक व्यक्ति पनि रहेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि प्रहरीबाट उनीहरूको औपचारिक पहिचान र संख्या पुष्टि हुन बाँकी छ।

वेपत्ता कारको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।

यसअघि पनि मध्यपहाडी लोकमार्गको सिन्धुली–सुनकोशी खण्डमा यस्ता गम्भीर दुर्घटना हुँदै आएका छन्। साँघुरा मोड, भीरालो भूभाग र नदी किनारको सडक भएकाले सवारी दुर्घटनाको जोखिम उच्च रहने गरेको छ।

यस घटनाबारे प्रहरीले बस चालक, दुर्घटनाको कारण तथा लापरबाहीका सम्भावित पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.