राजनीति

जागरण अभियान सञ्चालन गर्दै एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी र ‘मिसन पार्टी जागरण अभियान’ का केन्द्रीय प्रतिनिधिसँग सोमबार भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ अभियान ल्याइएकाले प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

पार्टीले अभियानका लागि सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ । महासचिव पोखरेलले पार्टीमा सङ्गठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताउनुभयो ।

पार्टीका सचिव भानुभक्त ढकालले सदस्यता नवीकरणको समय सीमा अभियानका क्रममा सदस्यता नवीकरणलाई पनि तीव्रता दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.